News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेलिकमले बाढीप्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई भदौ १२ देखि १४ गतेसम्म निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा थप गरेको छ।
११ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढीप्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई थप ३ दिन निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले यसअघि दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब भदौ १२, १३ र १४ गतेसम्म सो सुविधा उपलब्ध गराउने भएको छ ।
कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
बाढीले भौतिक संरचनामा क्षति पुगे पनि सेवा नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भएरहेको जानकारी टेलिकमले दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4