News Summary
Generated by OK AI. Editorially reviewed.- शंकर ग्रुपले देशमा आएको पछिल्लो प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।
- ग्रुपले अर्थमन्त्रीमार्फत राहत कोषका लागि चेक हस्तान्तरण गरेको र विपद्को तेस्रो दिनमै २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ।
- शंकर ग्रुपले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार र राहतमा खटिएका निकायप्रति आभार प्रकट गरेको छ।
१६ भदौ, काठमाडौं । देशमा आइपरेको पछिल्लो प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नगद सहयोगका अतिरिक्त ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको जनाएको छ ।
विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै ग्रुपले उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी संयन्त्रप्रति आभार प्रकट गरेको छ ।
राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व रहेको भन्दै शंकर ग्रुपले यस्ता विपद्मा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4