+
+
Shares

मोरङ व्यापार संघको अध्यक्षमा अनिलकुमार साह

नेपालको पुरानो व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १९:०५

२८ भदौ, विराटनगर । नेपालको पुरानो व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् ।

संघको ३५ औँ कार्यसमितिको अध्यक्षमा साह निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य तर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योग तर्फको उपाध्यक्षमा संजयकुमार श्रेष्ठ, महासचिवमा अमितकुमार सारडा चयन भएका छन् ।

नयाँ कार्यसमितिको सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित संघानीया र सहकोषाध्यक्षमा मनिष मारु निर्वाचित भएका छन् ।

प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन् । सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वीत घिमिरे, पवन राठी, देवाशिस गोल्छा, बेदान्त जाजु, डा.बन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहता र ओमप्रकाश शर्मा चयन भएका छन् ।

आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल चयन भएको छन् ।

महिला उद्यम समिति तर्फ साधना झा संयोजक र जीना श्रेष्ठ सहसंयोजक चयन भएकी छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?