News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको कृष्णभिरमा पृथ्वी राजमार्ग अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन ग्रेड मिलाउने काम भइरहेको छ।
- खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमन अवस्था परीक्षण गर्ने तयारी गरिएको छ।
- मौसमले साथ दिए आजै ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन चलाउन सकिने आयोजनाले जनाएको छ।
२८ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ ।
सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने तयारी गरिएको हो ।
अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभिरमा स्थलगत निरीक्षणमा पुगेको छ । सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ ।
कृष्णभिरमा सडकको ग्रेड मिलाउने काम तीव्र पारिएको छ । दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम भइरहेको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।
यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ ।
आयोजनाका अनुसार मौसमले साथ दिएमा आजै आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।
त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिनेछ ।
कृष्णभिरमा सडक चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था छ ।
सडक खुलाउन अहिले दुईवटा बुलडोजरले लगातार काम गरिरहेका छन् । गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।
प्रतिक्रिया 4