+
+
Shares

कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो, बिहीबारबाट दुईतर्फी चल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको कृष्णभिरमा पृथ्वी राजमार्ग अवरुद्ध भएको सडक दुईवटा बुलडोजरले सम्याएपछि आंशिक रूपमा सञ्चालनमा आएको छ।
  • सडक विभागका महानिर्देशक डा. विजय जैसीले तत्काल अड्किएका ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको बताए।
  • भित्तामा नालीको काम बाँकी रहेकाले बिहीबारदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइने उनले बताए।

२८ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ ।

दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केहीबेरअघिबाट सडक आंशिक रुपमा सञ्चालनमा आएको हो ।

तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

भित्तामा नालीको काम बाँकी भएकाले बिहीबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उनले बताए ।

यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो ।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध थियो ।

त्यसयता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौं आवागमन गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?