+
+

चीनमा जिमेलमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १४ गते २०:१८

China-now-blocks-gmailमहिनौपछिको अवरोधपछि अन्ततः चीनमा विश्वको सबैभन्दा ठूलो इमेल सेवा जिमेल अघोषित रुपमा बन्द गरिएको छ ।
चिनियाँ वाक स्वतन्त्रताको पैरवी समूह ग्रेट फायर डट ओआरजीले शुक्रबारदेखि चीनमा ठूलो संख्याका जिमेल ठेगानाहरु ब्लक गरिएको जनाएको छ । शुक्रबारदेखि बन्द गराइएको जिमेल सोमबार सम्ममा पनि संचालनमा नआएको प्रयोगकर्ताहरुले बताएको रोयटर्सले उल्लेख गरेको छ ।

ग्रेट फायरका एक सदस्यका अनुसार चीनमा गुगलको उपस्थितिलाई निर्मूल पार्ने र बाह्य बजारमा समेत यसलाई कमजोर बनाउने चीन सरकारको प्रयास स्वरुप जिमेल बन्द गराइएको हो ।
चिनियाँ प्रयोगकर्तालाई जिमेलबाट बञ्चित गराउनु भनेको विश्वका अन्य भागका धेरै मानिसलाई समेत जिमेल प्रयोग नगर्न बाध्य बनाउनु रहेको उनको दाबी छ ।
गुगलले पारदर्शीता प्रतिवेदनले समेत शुक्रबार गुगलका विभिन्न सेवाहरु मध्ये जिमेलको ट्राफिक चीनबाट निकै कम भएको देखाएको छ ।
तर गुगलका प्रवक्ताले भने यस विषयमा आफुहरुलाई केही जानकारी नआएको बताएका छन् ।
गएको जुनदेखि नै चीनमा गुगलका विभिन्न सेवाहरुमा गम्भीर रुपमा अवरोध गरिँदै आएको थियो । तथापि अघिल्लो हप्तासम्म भने विभिन्न मान्धयमबाट जिमेल प्रयोगकर्ताहरुले आफ्ना इमेल निकै कठिनाइ पूर्वक डाउनलोड गर्न सम्म पाएका थिए । तर, शुक्रबारदेखि भने जिमेल प्रयोगकर्ताले पूर्ण रुपमै इमेल प्रयोग गर्न नसक्ने भएका छन् ।
चीनमा ग्रेट फायरवेल अफ चाइना नामको सबैभन्दा अत्याधुनिक इन्टरनेट सेन्सरसिप संयन्त्र रहेको छ ।
जिमेलमा गरिएको पछिल्लो प्रतिबन्धबाट चीनमा कर्पोरेट इमेल प्रणालीको रुपमा जिमेलको प्रयोग गरिरहेका चीनमा संचालित विदेशी कम्पनीहरुलाई इमेल संचारमा बाधा उत्पन्न भएको छ कम्पनीहरुलाई इमेल संचारमा बाधा उत्पन्न भएको छ ।
उता चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनइङले भने जिमेल बन्द गरिएको बारेमा आफुलाई केही थाहा नभएको र सरकार विदेशी लगानीकर्ताका लागि असल व्यवसायिक वातावरण प्रदान गर्न प्रतिबद्ध रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?