+
+

यस्तो देखियो स्वस्थानीको साङ्गेमा (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १२:२२

Shalinadi(3)२० माघ, काठमाडौं । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी ब्रत मंगलवार समापन गरिँदैछ । आज माघ शुक्ल पूर्णिमाको दिन ब्रतालुहरुले विशेष पूजा गरी स्वस्थानी माताको व्रत समाप्त गरेका छन् ।

पूजापछि १ सय ८ रोटी, १ सय ८ पान, १ सय ८ सुपारी आफ्नो श्रीमानलाई, श्रीमान नहुनेले छोरोलाई, छोरो नहुनेले मित छोरोलाई वा त्यो पनि नहुनेले मनोकांक्षा पूरा होस् भन्दै नजिकको जलाशयमा सेलाइदिने गरिन्छ । यसो गरेमा विवाहिता महिलाको पति दीर्घायू हुने र अविवाहित नारीले मनले चिताएको सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

हिमालय पुत्री पार्वतीले स्वस्थानीको कठिन व्रत बसेर महादेव पति पाएको किवंदन्ती छ । सोही अनुसार पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म घरमा स्वस्थानी व्रतकथा बाचन गर्ने तथा व्रतालुहरुले शिवलिंग र स्वस्थानी माताको पूजा गर्ने चलन रहीआएको छ ।

स्वस्थानीको एक महिना लामो कठिन ब्रत समाप्त गर्नेहरुको काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, गुहेश्वरी, भक्तपुरको हनुमानघाट लगायतका स्थानहरुमा विहानैदेखि घुईंचो लागेको थियो । भक्तपुर हनुमानघाट पुगेर विकास श्रेष्ठले खिचेका स्वस्थानी साङ्गेका तस्वीरहरु हेर्नुहोस् ।

Shalinadi (6)Shalinadi (4)Shalinadi(9)Shalinadi (5)  Shalinadi (7) Shalinadi (8) Shalinadi (16)Shalinadi (20)  Shalinadi (25)   Shalinadi(21)Shalinadi (23)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?