+
+

कांग्रेस-एमालेले प्रचण्ड मोर्चालाई ‘चौतारामा पर्खिने’

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १७:१०

२३ माघ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभामा जारी प्रश्नावली निर्माणको प्रक्रिया नरोक्ने तर अल्पमत पक्षलाई सहमतिमा ल्याउन ठाउँ ठाउँमा पर्खिने निर्णय गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार विहान बसेको बैठकले एमाओवादी नेतृत्वको मोर्चाको माग अनुसार प्रश्नावली समितिको प्रक्रिया नरोक्ने निर्णय गरेको हो ।

‘अब हामी अघि बढिसक्यौ,चौतारीमा पर्खिदै पर्खिदै अघि बढ्छौं, सहमति गर्नकै लागि चार पाँचओटा चौतारी बनाइएको छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ‘यसबीचमा वार्ता गर्नका लागि धेरै चौतारा छन् ।’

बीच बीचमा पाँच दिनको समय राखिनु सहमतिका लागि नै रोकिएको कांग्रेस- एमालेको दावी छ । यसबीचमै वार्ता गरिने नेताहरुले बताए ।
एमाले उपाध्यक्ष भीमबहादुर रावलले आन्दोलनका कार्यक्रम छाडेर वार्तामा आए प्रश्नावलीको काम रोक्न सकिने प्रतिक्रिया दिए ।

वार्ता र सहमतिबाटै संविधान जारी गर्न अधिकतम प्रयास गर्ने तर प्रक्रिया भने नरोक्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए ।

विपक्षी मोर्चाले वार्ताका लागि सबैभन्दा पहिले प्रश्नावली समिति खारेज हुनुपर्ने माग गरेको छ । कांग्रेस-एमालेले सो शर्त भने नमान्ने प्रष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?