२९ माघ, दाङ । एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हेमन्तप्रकाश वली (सुर्दशन)ले ल्यारकार लामालाई सभासद बनाएर पार्टीले गम्भीर भूल गरेको बताएका छन् ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको साक्षात्कारमा कार्यक्रममा सुर्दशनले बौद्ध धर्मालम्बि पार्टीमा भित्र्याउने बाहानामा पार्टी नेतृत्व चुकेको बताएका हुन ।
उनले भने-‘पार्टी भित्रै धेरै सक्षम र खुन पसिना बगाएका व्यक्तिको अभवा छैन, किन लामालाई एकाएक टप्प टिपियो, यसवारे पार्टी भित्रै आवाज उठ्छ ।’
सभासद् बनाएबापत पार्टी अध्यक्ष प्रचण्डलाई पाँच करोड दिने तथा गाडी दिने भन्ने विषय असत्य रहेको बताए । उक्त भनाइ अध्यक्षको चरित्रहत्या गर्ने नियमबाट आएको उनको आरोप छ । उनले भने-‘लामाको पुरै सम्पक्ति जोड्दा समेत सायद त्यति पुग्दैन होला ? फेरी उनलाई सिफारिसगर्ने व्यक्तिलाई समेत दिुनुपर्यो होला, प्रचण्डलाई मात्रै दिएर पक्कै कुरा मिलेन होला ।’
प्रतिक्रिया 4