+
+

सुत्केरीको मृत्युपछि भेरी अञ्चल अस्पतालमा तनाव

१३ फागुन, नेपालगञ्ज ।सुत्केरीको मृत्यु भएको विषयलाई लिएर भेरी अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारणले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले शव उठाउन अस्वीकार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते ११:०४

Bishnu-paudel

  • सञ्चारकर्मीहरुसँग कुरा गर्दै मृतकका श्रीमान र आफन्त

आरपी सुवेदी

१३ फागुन, नेपालगञ्ज ।सुत्केरीको मृत्यु भएको विषयलाई लिएर भेरी अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ ।

चिकित्सकको लापरबाहीका कारणले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरुले छानविन समिति बनाई वास्तविकता सार्वजनिक गर्न समेत माग गरेका छन् ।

प्रसुतीका लागि भेरी अञ्चल अस्पताल भर्ना भएकी बर्दिया बासगढी नगरपालिका -६ देउडाकलाकी ३३ वर्षीया सुशीला सिग्देल पौडेलको दुई पटकको शल्यक्रियापछि मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

शल्यक्रिया गरेर निकालिएका शिशुको अवस्था सामान्य छ । ‘नियमित गर्भ जाँच गराउदा राम्रै थियो । १७ गतेको समय दिएको थियो, ११ गते नै हल्का पेट दुखेको महशुस भए लगत्तै सोमबार बस चढेर अस्पताल आएको हो’-मृतकका पति विष्णु पौडेलले भने ।

उनले विरामीलाई असहज भएकोले पुन अर्को कागजमा सहिछाप गराई अपरेशन थिएटरमा लगिएकोले आफुहरुको शंका बढेको दावी गरे । उनले भने-‘एकाएक मृत्यु भएकाले अप्रेशनमा कही केही भयो कि भन्ने हाम्रो आशंका छ ।’

शल्यक्रियामा संलग्न चिकित्सक राजेशकुमार साहले मंगलबार बिहानसम्म सुत्केरीको अवस्था सामान्य रहे पनि दिउसोदेखि रक्तचाप अत्यन्तै तल झर्दै आएको तथा पिसावको व्यागमा पिसाब नै नआएको बताए ।

सुत्केरीको अवस्था बिग्रदै गएपछि डा. कल्पना थापा, डा.उर्मिला पराजुली, डा. नारायण पौडेल, डा. कुमारसान साहलगायतले उपचार गरेका थिए । ‘अप्रेशन सक्सेज नै भएको हो एकाएक विरामीको अवस्था बिग्रेपछि आन्तरिक रक्तश्रावको आशंकामा पुनः अप्रेसन गरिएको हो’ उनले भने ।

उनका अनुसार विरामीको पिसाव जम्मा नभएपछि मृर्गौलाले काम नगरेको निष्कर्ष निकाल्दै डाईलेसीस र भेन्टीलेटरका लागि कोहलपुरस्थित मेडिकल कलेज रिफर गरिएको थियो । तर, भेन्टीलेटर र डाईलेसीस खाली भएपछि लखनउ लैजाने क्रममा विरामीको मृत्यु भएको छ ।

मृतकका दाजु अशोक प्रसाद सिग्देलले चिकित्सकको लापर्वाहीले बहिनीको ज्यान गएको बताए । उनले भने-‘बहिनीलाई बचाउनको लागि धेरै प्रयास गरियो तर, केहीसिप नलागेपछि लखनउ लैजान कोहलपुर मेडिकल कलेजको अस्पतालबाट निकालेर रुपैडिहा पनि पुग्न नपाउँदै बहिनीको ज्यान गयो ।’

यसैबीच पीडित परिवारले घटनाको छानबिन नहँुदासम्म शव नउठाउने मागपछि स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखा प्रमुख गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिमा मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारी, नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट फिजिसियन, जिल्ला प्रशासनका प्रतिनिधि र जिल्ला जनस्वास्थ्य प्रमुख सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?