१३ फागुन, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले १६ गते काठमाडौंमा गर्ने जनप्रदर्शनलाई समर्थन गर्ने बताएको छ ।

माओवादी अध्यक्ष मोहन बैद्यले बुधबार विज्ञप्ति जारी गरी ३० दलको आन्दोलनका कार्यक्रमलाई समर्थन गर्ने बताएका हुन् ।
सर्वदलीय राजनीतिक सभाको नारा र कार्यसूचीमा सहमति हुन नसकेकाले संयुक्त आन्दोलनका कार्यक्रम भने हुन नसकेको बैद्यले बताएका छन् ।
३० दलको आन्दोलन यथास्थितिवादको विरोधमा लक्षित रहेकोेले समर्थन गर्ने निर्णय भएको बैद्यको विज्ञप्तिमा उल्लेख छ ।
यथास्थितिवाद र प्रतिगमनका विरुद्ध बृहत्तर संयुक्त आन्दोलन आवश्यक रहेको भन्दै विज्ञप्तिमा भनिएको छ-‘संयुक्त आन्दोलनको लागि नारा र कार्यसूची समृद्ध गरी साझा सहमति कायम गर्न फेरिपनि सबै आन्दोलनकारी पक्षहरुलाई हाम्रो पार्टी विशेष आग्रह गदर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4