+
+

सोलार हवाइजहाज विश्व यात्रामा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २६ गते ११:२६

 इन्धनको सट्टा सौर्य उर्जाबाट विश्वभर विमान उडाउने पहिलो प्रयास अबुधाबीबाट सुरु भएको छ । ‘सोलार इम्पल्स-२’ नाम दिइएको सो विमान सफलतापूर्वक उडान गर्दै ओमान हुँदै भारतको अहमदावाद पुगेको छ ।

Solar Impulse-2एक थोपा पनि तेल प्रयोग नगरी विश्वभर उडाउने योजना छ । यदि यो लक्ष्य पूरा भएमा एउटा रेकर्ड बन्ने छ ।

यो विमानका पखेटा अरु ठूला विमानका जस्तै भए पनि त्यसमा सोलार प्यानल जडान गरिएको छ । त्यही प्यानलबाट विमानमा रहेका ब्याट्रि चार्ज हुन्छन् र विमान उड्छ ।

२ दशमलव ३ टन गह्रुंगो सो विमान प्रतिघण्टा ७० किलोमिटरको गतिमा उड्ने बैज्ञानिकहरुले बताएका छन् । पहिलो दिन ओमान पुगेको यो विमान त्यसपछि भारत म्यानमार, चीन, अमेरिकाको हवाई, न्यूयोर्क लगायतका स्थान हुँदै पुनः अबुधावी फर्किने छ ।

यो क्रममा प्रशान्त र एटलान्टिक जस्ता ठूला महासागर पार गर्नुपर्ने हुन्छ । त्यसका लागि पाँच दिन पाँच रात लगातार उड्नुपर्छ । चालकहरुले सबैभन्दा ठूलो चुनौति यसैलाई लिएका छन् ।

बिभिन्न देशमा विश्राम लिँदै ५ महिना भित्र विश्व भ्रमण गरिसक्ने लक्ष्य राखिएको छ । स्वीस पाइलटद्वय बर्नार्ड पिकार्ड र आन्द्रे बर्सबर्गले पालैपालो १२ चरणको उडान भर्ने छन् । पहिलो उडान बसबर्गले सुरु गरेका छन् ।

विमान बनाउने कम्पनिका मालिक समेत रहेका यी स्वीस पाइलटहरुले वातावरण प्रदुषण गराउने पुराना प्रविधिको प्रयोगमा कमि ल्याउने सन्देश दिन यस्तो अभियान चलाएको बताएका छन् ।

यस्तो छ तेल विना उड्ने हवाईजहाज

solar_impulse_624in

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?