१ चैत, काठमाडौं । ब्राजिलको पहाडि इलाकामा पर्यटक सवार बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । ५० जना सवार बस सान्ता कटि्रना राज्यको जोइनभिल नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेर चट्टानमा बजारिएको छ ।
बसमा सवार ३२ जनाको घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका अधिकारीहरुले बताएका छन् । घटनास्थलबाट १२ जनालाई जिवितै उद्धार गरी अस्पताल भर्ना गरिएको छ । अरु यात्रुको अवस्था अज्ञात छ ।
घटनास्थलमा उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । पहाडि इलाकाको पहरोमा बस खसेकोले उद्धारमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।
बस दुर्घटनाको कारण भने खुलेको छैन । तर ब्राजिलको एक वेबसाइटले घुम्तीमा चालकले सन्तुलन गुमाउँदा बस दुर्घटना भएको उल्लेख गरेको छ ।
ब्राजिलको पहाडि इलाकाको सुन्दर दृष्य अवलोकन गर्न जान लागेका पर्यटकहरु दुर्घटनामा परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4