काठमाडौं । बजाज मोटरसाइकलको नेपाली बिक्रेता एचएच बजाजले २० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल उपलब्ध गराउने भएको छ । डाउन पेमेन्टमा ग्राहकले ३० महिनाको किस्ताबन्दी सुविधा पाउनेछन् ।
ग्राहकलाई वित्तीय सुविधा शो-रुममै उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि बजाजको आधिकारी शो-रुमबाट मोटरसाइकल खरिद गर्नुपर्ने हुन्छ । बजाजका नेपालभरी ८१ वटा आउलेट रहेका छन् ।
बजाजले देशभर उच्च गुणस्तरका मोटरसाइकल उपलब्ध गराउँदै नेपालका हरेक कुनामा सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा उपलब्ध गराइरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4