२४ चैत, काठमाडौ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दले सर्वसाधारणको विचल्ली भएको छ । दैनिक ज्याला मजदुरी गर्ने कर्मचारी तथा देशमै रोजगारीको अभावमा विदेशिन लागेका नेपालीहरुले बन्दबाट निकै सास्ती ब्यहोर्नुपरेको छ ।
सडकमा आन्दोलनकारीहरुको ठूलो भिड नदेखिए पनि यातायात नचल्दा यात्रुहरु हिडेरै गन्तब्यमा पुग्न बाध्य भएका छन् ।
यातायात नचलेपछि केही ठेलागाडाहरुमा भारी बोकाएर गन्तब्य तर्फ लागेको देखिन्थ्यो भने कोही बच्चा काखमा च्यापेर सडक छेउ बसिरहेका देखिन्थे । बच्चा च्यापेर गन्तब्यमा पुग्न नसकी सडक सडक छेउमा बसेको दृष्य टिठलाग्दो देखिन्थ्यो ।
विदेशबाट लामो समय पसिना बगाएर घर फर्किएकाहरु कतिबेला घर पुगिने हो भन्नेमा अन्यौल छन् । विदेशबाट आएका र विदेश जान हिडेकाहरु लगेज लतार्दै खुला सडकमा हिडिरहेका छन् भने ठेलागाडा चढेर घर हिडेका बालबालिकाहरु सुनसान सडक देखेर अनौठो मानिरहेका थिए ।
बाटो हिड्ने बटुवाहरु भन्दै थिए-‘अरु नै तरिकाले आन्दोलन गरेर जनतालाई पीडा दिने गरी बन्द हड्ताल चाँही नगरिदिए हुने थियो ।’
तस्वीरहरूः श्रीधर पाैडेल/अनलाइनखबर
प्रतिक्रिया 4