+
+

फेसबुक र ह्वाट्सएप जोडिँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २५ गते ८:५०

facebook-distruggere-whatsappमोबाइल मेसेजिङ सेवा ह्वाट्सएप खरीद गरेको एक वर्षपछि फेसबुकले आफ्नो एन्ड्रोइड एपमा ह्वाट्सएपलाई एकिकृत गर्नका लागि नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।

सोसल नेटवर्किङ साइट फेसबुकले फेसबुकको स्टाटस अपडेटको एक्सन बटनमा ह्वाट्सएप जस्तै आइकन भएको सेन्ड बटन थप गरेको छ ।

गिकटाइममा छापिएको समाचार अनुसार फेसबुकको सबैभन्दा पछिल्लो एन्ड्रोइड एपमा यो नयाँ बटन दायाँ भागमा रहेको छ (बायाँबाट दायाँ लेख्ने लिपीका प्रयोगकर्ताका लागि) ।

फेसबुकको प्रयास दुइवटा सोसल नेटवर्किङ प्लाटर्फमलाई जोड्ने पहिलो पाइला भएको बताइएको छ । फेसबुकको वृद्धिलाई कायम राख्दै अनलाइन मेसेजिङ मार्केटमा समेत आफ्नो नियन्त्रण कायम राख्न फेसबुक सक्रिय रुपमा अघि बढ्दैछ ।

समाचार अनुसार फेसबुकका विज्ञहरुको टोलीले फेसबुक र ह्वाट्सएपबीच पूर्ण एकिकरण गर्दै फेसबुक मेसेन्जर र ह्वाट्सएपबीच सन्देश आदानप्रदान गर्ने प्रविधिको विकाशमा जुटिरहेको छ ।

हाल ६० करोड प्रयोगकर्ता रहेको ह्वाट्सएपलाई फेसबुकले गएको वर्षको फेब्रुअरीमा २० अर्ब डलरमा किनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?