+
+

टेलिकमको नयाँ वर्षमा पोष्टपेड मोबाइल डाटा प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १६:२१

३० चैत, काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल टेलिकमले नयाँ वर्षदेखि लागू हुनेगरी जीएसएम पोष्टपेड मोबाइलमा डाटा प्याकेज ल्याएको छ ।

NTCप्याकेज अन्तर्गत मासिक ९ सय रुपैयाँ तिरेर दुई जीबी डाटा खरिद गर्न पाइन्छ । यो प्याकेज खरिद गर्दा दुई जीबी डाटासहित ५ सय रुपैयाँ बराबरको कुराकानी गर्न पाइने टेलिकमले जनाएको छ ।

साथै, टेलिकमले सीडीएमए सेवामा पनि छुटसहितको नयाँ प्याकेज ल्याएको छ । नयाँ प्याकेजमा २०० एमबी डाटा ७५ रुपैयाँमा, ५ सय एमबी डाटा १७५ रुपैयाँमा र १ जीबी डाटा ३२५ रुपैयाँमा खरिद गर्न सकिन्छ । यो प्याकेज एक महिनाभित्र सिध्याउनुपर्ने हून्छ ।

यसैगरि, तीन जीबी डाटा ८५० मा खरिद गरी २ महिना चलाउन पाइने छ । पाँच जीबी डाटा ११ सयमा खरिद गरी तीन महिना र १० जीबी डाटा १८ सयमा खरिद गरी ६ महिनासम्म चलाउन पाइने टेलिकमले जनाएको छ । माथि उल्लेखित सबै शुल्कहरु करबाहेक हुन् ।

टेलिकमले नयाँ वर्षको अवसरमा आफ्नो नेटवर्कभित्र आदान-प्रदान गरिने एसएमएसमा पनि ५० प्रतिशत छुट दिएको छ । यो छुट चैत ३० गतेदेखि बैशाख दुई गतेसम्म लागू हुनेछ ।

कसरी चलाउने ?

सीडीएमए मोबाइलका ग्राहकहरुले आफुलाई आवश्यक डाटा टाइप गरेर १४१५ पठाएपछि डाटा प्राप्त गर्न सक्छन् । जीएसएम पोष्टपेड मोबाइलका ग्राहकहरुले भने डाटा एक्टिभेट गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्र धाउनुपर्ने हुन्छ ।

NTC-Data-Pyakeg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?