५, वैशाख काठमाडौं । आमा हुनेहरुले आ आफ्ना आमाको मुख हेरेर मिष्ठान्न भोजन सहित आमाप्रति सम्मान जनाए । तर आमा नहुनेहरु भने काठमाडौंको दक्षिण पश्चिममा अवस्थित मातातीर्थमा पुगेर आमाप्रति श्रद्धा व्यक्त गरे ।
मातातीर्थ औंशीका दिन विशेष मेला लाग्छ यो ठाउँमा । दिवंगत आमाको स्मरण गर्दै यहाँ आमा नहुनेहरुले मातृ श्रद्धा पनि गरे । गुर्जुधारास्थित मातातीर्थमा श्रद्धालुहरुको भीड यसवर्ष बिगतको भन्दा पनि बढि भएको स्थानीयले बताए ।
मातातीर्थमा पुगेर त्यहाँको धारामा स्नान गर्दा दिवंगत आमाको आत्मा शान्त हुने र सन्तानले आशिर्वाद पाउने विश्वासका कारण पनि यो ठाउँमा मान्छेहरुको भीड लाग्छ ।
मातातीर्थ मेला भर्ना र स्नान गर्नका लागि ठूलो भीड लागेका कारण थानकोटदेखिनै सवारी आवागमन समेत प्रभावित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4