+
+

सिटिसी मोबाइल एक्सपोमा झण्डै साढे १२ करोड कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ७ गते १७:५४

७ वैशाख, काठमाडौं । ‘सूचना प्रविधिको नयाँ आधार, सबैका लागि सिटिसी मोबाइल बजार’ भन्ने नाराका साथ गत चैत २७ गतेदेखि आयोजित सिटिसी मोबाइल एक्सपो १२ करोड ४० लाख रुपैयाँ भन्दा धेरै कारोबार गर्दै सोमबार सम्पन्न भएको छ ।

CTC-Monbile-expoवैशाख ५ गतेसम्म गर्ने भनिएको एक्सपो अवलोकनकर्ताको चापका कारण २ दिन थप गरी सोमबारसम्म चलेको थियो । एक्सपो सोमबार सकिए पनि वैशाख महिनाभर छुट तथा उपहार योजना यथावत राखिएको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए ।

७ लाख २० हजार भन्दा बढी सर्बसाधारणले एक्सपो अवलोकन गरेको बजारका सचिव तथा मोबाइल एशोसिएशन नेपालका अध्यक्ष आबिस्कार लाल श्रेष्ठले जानकारी दिए । एक्सपो अबधीमा १२ हजार भन्दा बढी मोबाइल सेटहरु बिक्री भएका छन् । बिभिन्न मोबाइल कम्पनीहरुले उपभोक्तालाई लक्षित गरि गरेको लक्की ड्र, बजारले गरेको एसएलसी लक्की ड्र, एक्सपोमा प्रवेशसँगै प्रत्येक घण्टा गरिएका लक्की ड्र मार्फत ८० भन्दा बढी मोबाईल बितरण गरिएको छ ।

५५ प्रतिशत क्यास ब्याक अफरमार्फत ११ जना मोबाइल खरिदकर्ता लाभान्बीत भएको आयोजकले जनाएको छ । एक्स्पोको ९ औं दिन आमाको मुख हेर्ने दिन १ हजार भन्दा बढी मोबाइल खरिदकर्तालाई साडी, घडी र झोला उपहार स्वरुप वितरण गरिएको थियो । एक्सपो अवधीमा मध्यमस्तरका स्मार्टफोनको कारोबार उच्च रहेको एक्स्पोमा सहभागि ब्यवसायीले बताए ।

नयाँ खुलेको सिटिसी मोबाइल बजारलाई प्रबर्द्धन गर्न एक्सपो अबधीमा राखिएका बिभिन्न छुटका अफरहरुलाई यो महिनाभर यथावत राख्ने निर्णय बजारले गरेको छ । जेष्ठ महिनादेखि बिभिन्न मोबाइल कम्पनीसँगको सहकार्यमा हरेक शनिबार विविध कार्यक्रम राखी कम्पनीका नयाँ नयाँ उत्पादन र प्रविधिबारे जानकारी गराउने बजारले जनाएको छ ।

CTC-Monbile-expo

नयाँ मोबाइल बजारमा

सिटिसी मोबाइल एक्स्पोको अबसर पार्दै सिजी इम्पेक्सले G3 stylus मोबाइल बजारमा भित्राएको छ । यो जी ३ स्टाइलस मोबाइलको बजार मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ छ । यस फोनमा ५.५ इन्चको आइपीएस डिस्प्ले छ भने २ वटा सीम चलाउन मिल्ने कम्पनीले जनाएको छ ।

किटकाट अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोन १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १ जिबी र्‍याम, १३ मेगापीक्सल क्यामेरा तथा ३ हजार एमएएच को ब्याट्री छ । यसबाहेक फोनमा नक अन, स्टाइलिस पेन, क्वीक मुड समेत रहेको छ । गेस्ट मुड समेत रहेको यो फोनमा मोबाइल प्रयोगकर्ताले अरुले मोबाइल चलाउँदा आफूलाई चाहिने फाइलहरु सुरक्षित राख्न सक्ने छन् ।

मोबाइलको लंच नायक सुशील श्रेष्ठ, नायीका शशी श्रेष्ठ र सिजी इम्पेक्सका सेल्स हेड रमेश प्याकुरेलले गरेका थिए ।

यसैगरि इन्टेक्स मोबाइलले पनि नयाँ मोबाइल लंच गरेको सिटिसी मोबाइल बजार प्रालिका महासचिव केशवराज लुइँटेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?