केही दिनदेखि चर्चित हलिउड स्टार किम कार्दशियनले बलिउड चलचित्रमा काम गर्ने चर्चा चुलिएको छ । यस बिषयमा किमले केही भनेकी छैनन् । तर, फैजल सेफले बनाउन लागेको चलचित्र ‘फर एडल्ट वन्ली’मा किमले केमियो भूमिकामा काम गर्न लागेको केही भारतीय संचारमाध्यमले बताएका छन् ।
यो चलचित्रको मुख्य भूमिकामा भने दुबइमा रहँदै आएकी एन्ड्रिया डिसुजाले काम गर्ने पक्का भएको छ । लामो समयदेखि नायिकाको खोजी गरिरहेका फैजलले एन्ड्रियालाई नायिका बनाउने पक्का गरेका हुन् ।
यसअघि ‘कामसुत्र थ्रीडी’मा काम गरिसकेकी एन्ड्रियाको यो पहिलो सोलो चलचित्र हो ।
उनले यो चलचित्रको विषयवस्तु विन्दास रहेको बताइन् । साथमा यसले सामाजिक सन्देश पनि दिने उनको भनाई छ । किमसँग काम गर्ने अवसर गुमाउन कसैले पनि नचाहने भएकाले आफू काम गर्न उत्साहित भएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4