एजेन्सी । कम्प्याक्ट एसयुभी सेगमेन्टमा बजार लिड गरिरहेको फोर्डको इको स्पोर्टस्सँग प्रतिस्पर्धा गर्न मारुती सुजुकीले एस क्रस नामक नयाँ मोडलको गाडी ल्याएको छ ।
बुधबारदेखि भारतीय बजारमा बिक्री सुरु भएको एस क्रस ८ लाख देखि १४ लाख भारतीय रुपैयाँसम्म पर्छ । बिक्री सुरु नहुँदै यो गाडीले झण्डै ६ हजार बुकिङ पाइसकेको छ ।
प्रिमियम सेगमेन्टमा आफ्नो कमजोर उपस्थीतिलाई सुदृढ गर्न एस क्रस उपयोगी हुने मारुतीको विश्वास छ ।
१३ सय र १६ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध एस क्रसका सातवटा भेरियन्ट छन् । एस क्रसका सुविधा र मूल्य फोर्डको इकोस्पोर्ट्स, रेनल्ट डस्टर र हालै सार्वजनिक भएको हुण्डाई क्रियटाकै हाराहारीमा छन् । एस क्रसले यी तीनवटा मोडलसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ ।
प्रति लिटर २३ किलोमिटर माइलेज दिने एस क्रससलाई यो सेगमेन्टको सवैभन्दा धेरै माइलेज दिने गाडी दावी गरिएको छ ।
प्रतिक्रिया 4