+
+

यार्सा तिब्बत ओसार्न हेलिकप्टर चार्टर

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २५ गते ७:०८

yarsagumba२५ साउन, नेपालगन्ज । यार्सा व्यापारीहरुले विगतझै यस वर्ष पनि ‘हिमाली हिरा’ भनेर चिनिने यार्सागुम्बा तिब्बत ओसार्न हेलिकप्टर चार्टर गरेका छन् । हिमाली क्षेत्रमा यार्सा सिधै तिब्बत पुर्‍याउनु गैरकानुनी भए पनि सरकारको स्वीकृति स्वीकृति लिएर नै शनिबार माउन्टेन एयरको इकुरेल हेलिकप्टर डोल्पा पुगेको नागरिकमा खबर छ ।

तिब्बतसँग जोडिएको डोल्पाको सीमाक्षेत्रमा नेपाल सरकारको भन्सार कार्यालय नरहेकोले यार्सा पैठारी गर्नु अवैध मानिन्छ । तर, सोमबारदेखि सीमावर्ती तिब्बती बजार क्याटो र मोरिममा लाग्ने दुई हप्ते हाट (मेला)लाई लक्षित गरी यार्सा तस्करी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो ।

सरकारले आर्थिक वर्ष २०५८/५९ मा यार्सा कारोबार खुल्ला गरेसँगै चीनले क्याटो र मोरिममा लाग्ने मेलाका लागि भन्दै मेला अवधिमा नाका खुला गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?