+
+

गुगलमा ठूलो पुनर्संरचना, दुई संस्थापकले कम्पनी छाडे, भारतीय मूलका सुन्दर नयाँ सीइओ

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २६ गते ८:५०

google

दुनियाकै ठूलो इन्टरनेट कम्पनी गुगलले कम्पनीको आश्चर्यजनक पुनर्संरचना गरेको छ ।

जसअनुसार सुरुवातदेखि नै कार्यकारी भूमीकामा रहेका दुई संस्थापक ल्यारी पेज र सर्गेइ ब्रिनले गुगल कम्पनी छाडेका छन् भने नयाँ कार्यकारीमा भारतीय मूलका सुन्दर पिचाई नियुक्त भएका छन् ।

गुगलका वरिष्ठ उपाध्यक्ष सुन्दर पिचाइले अब गुगलको नेतृत्व गर्नेछन् । चेन्नईमा जन्मिएर उच्च शिक्षाका लागि अमेरिका पुगेका ४३ बषिर्य पिचाई लामो समयदेखि गुगलमा बिभिन्न पदमा कार्यरत थिए ।

दुवै संस्थापकहरुचाहिँ अर्को मातृ कम्पनी खोलेर त्यसमा सरेका छन् । कम्पनीको रिब्राण्डिङ गर्ने क्रममा गुगलले अल्फाबेट नामक कम्पनी खडा गरेको छ ।

ल्यारी पेज र सर्गेइ ब्रिन
ल्यारी पेज र सर्गेइ ब्रिन

अब गुगलका संस्थापक ल्यारी पेज नयाँ मातृ कम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् ।

गुगलका अर्का संस्थापक सर्गेइ ब्रेन अल्फाबेट कम्पनीको अध्यक्ष हुनेछन् भने गुगलका वर्तमान अध्यक्ष इरिक स्कमिडिट होल्डिङ कम्पनीको कार्यकारी अध्यक्ष हुनेछन् ।

गुगलका नयाँ प्रमुख वित्तिय अधिकृत रथ पोराट दुबै कम्पनीमा सोही पदमा कायम रहनेछन् ।

यस अन्तरगत अब गुगलले आफ्ना कतिपय उत्पादन तथा सेवाहरुलाई नयाँ मातृ कम्पनीको मातहतमा लग्नेछ । तथापि गुगल सर्च, एप्स, एन्ड्रोइड तथा यु ट्युब भने गुगल कम्पनीकै मातहतमा रहनेछन् ।

सुन्दर पिचाइ
गुगलका नयाँ सीइअो सुन्दर पिचाइ

लगानी तथा अनुसन्धान महाशाखा, स्मार्टहोम युनिट नेष्ट, ड्रोन लगायतका परियोजना भने अल्फाबेट कम्पनी अन्तरगत हुनेछन् ।

गुगललका संस्थापक ल्यारी पेजले विविध समूहको व्यवसाय बन्दै गएको कम्पनीलाई यस्तै सामान्य संरचनामा ढाल्ने बताएका छन् ।

गुगलको ब्लगपोष्टमा पेजले भेनका छन् ‘यो नयाँ संरचनाले हामीलाई गुगलभित्र रहेको असाधारण अवसरमा केन्द्रित हुन छुट दिनेछ ।’

गुगल कम्पनी अहिलेपनि निकै राम्रोसँग संचालन भैरहेको तर यसलाई अझ बढि सफा तथा उत्तरदायी बनाउन सकिन्छ भन्ने आफुहरुले सोँचेर यस्तो परिवर्तन गरेको पेजको भनाइ छ । अल्फाबेट कम्पनी स्वतन्त्र रहने र आफ्ना ब्राण्ड आफै उत्पादन गर्न अधिकार सम्पन्न हुने उनको भनाइ छ ।

अल्फाबेट
नयाँ खुलेको कम्पनी अल्फाबेटले गुगलका कम्पनी र उत्पादनलार्इ यसरी गभर्न गर्ने छ 

नयाँ पुनर्संरचनाले गुगलले नयाँ प्रडक्टमा कति खर्च गरिरहेको छ भन्ने विषयमा लगानीकर्तालाई बुझ्नका लागि सजिलो हुने विश्लेषकहरुले बताएका छन् । गुगलले आफ्नो मुख्य व्यवसायमा भन्दा अनेकथरी अरु काम तथा प्रोजेक्टहरुमा अनावश्यक रकम खर्चिने गरेको भन्दै लगानीकर्ताहरु पछिल्लो समय सचेत बन्दै आएका छन् । तर, अबदेखि यस्तो फजुल खर्च रोकिने विश्लेषक कोलिन गिल्स बताउँछन् ।

नयाँ कम्पनीको नाम अल्फाबेट किन राखियो त ? यसका दुई कारण रहेछन् । संस्थापक ल्यारी पेजका अनुसार यो नामले भाषाको प्रतिनिधित्व गर्छ । गुगल सर्चमा भाषाको सांकेतिकरण गरिने कुराको चुरो । अनि दोश्रो अल्फा-बेट भन्नुको अर्थ कुनै निश्चित मापदण्ड भन्दा लगानीको उच्च प्रतिफल हासिल भएको अवस्था, जसका लागि गुगलले सधै प्रयत्न गरिरहन्छ ।’
-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?