+
+

डेढ अर्ब बराबरको अलैँची निर्यात

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३१ गते १०:००

३१ साउन, पाँचथर । आव २०७१/०७२ मा यहाँबाट करिब एक अर्ब ४१ करोड रूपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको ६२७ मेटन अलैँची प्रतिटन २५ लाख Alaichiरूपैयाँमा बिक्री हुँदा एक अर्ब ४१ करोड ७ लाख ५० हजार रूपैयाँको निर्यात भएको छ ।

कार्यालयका प्राविधिक डिल्ली पौड्यालले भने- ‘गत वर्षभन्दा उत्पादन घटेको देखिन्छ भने मूल्य बढेको छ, अहिले ६२७ मेटन अलैँची उत्पादन भएको थियो, सोमध्ये ५६४ टन अलैँची जिल्ला बाहिर गएको छ ।’

उत्पादित अलैँची प्रायः झापाको बिर्तामोडतिर निकासी भएको देखिन्छ । पछिल्लो समय छिर्के फुर्के र गानो कुहिना, डढुवाका प्रकोपका कारण अलैँची मासिन थालेपछि कृषि विकास कार्यालयले समेत ती क्षेत्रमा प्रत्येक वर्ष विरुवा वितरण गर्दैै आएको छ ।

जिल्लाका रानीटार, लुङ्रुपा, सिदिन, मेमेङ, प्राङबुङ, एकतीन, रवि, सराङ्डाँडा, आङ्सराङ, कुरुम्बा, फाक्तेप, चिलिङ्देन, नाँगीलगायत गाविसलाई अलैँचीको मुख्य क्षेत्रका रुपमा लिइन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?