+

चेल्सीविरुद्ध इभर्टनको शानदार जित, नेइस्मिथको हृयाट्रिक

२०७२ भदौ  २६ गते १९:४७ २०७२ भदौ २६ गते १९:४७
चेल्सीविरुद्ध इभर्टनको शानदार जित, नेइस्मिथको हृयाट्रिक

Steven-Naismith

२६ भदौ, काठमाडौं । स्टीवन नेइस्मिथको हृयाट्रिकसँगै इभर्टनले इंग्लिस पि्रमियर लिग फुटबलमा चेल्सीविरुद्ध शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा इभर्टनले डिफेण्डिङ च्याम्पियन चेल्सीमाथि ३-१ को जित हात पारेको हो । लिगको सुरुवाति पाँच खेलमा चेल्सीको यो तेस्रो हार हो ।

घरेलु मैदानमा भएको खेलमा इभर्टनले १७ औं मिनेटमा नेइस्मिथको गोलबाट अग्रता लिएको थियो । २२ औं मिनेटमा नेइस्मिथले घरेलु टोलीको अग्रता दोब्बर पारे ।
३६ औं मिनेटमा माटिकले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत दिए । तर, पहिलो हाफ २-१ मा सकियो ।

दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्ने प्रयास गरेपनि सफल भए । बरु ८२ औं मिनेटमा गोल खान पुग्यो । नेइस्मिथले हृयाट्रिक पुरा गर्दै इभर्टनलाई ३-१ को जित दिलाएका छन् ।

जितसँगै इभर्टन ८ अंकका साथ तेस्रो स्थानमा छ भने चेल्सी ४ अंकका साथ १५ औं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय