+

पन्जाबमाथि हैदराबादको शानदार जित

२०८१ जेठ  ६ गते १९:४७ २०८१ जेठ ६ गते १९:४७
पन्जाबमाथि हैदराबादको शानदार जित

६ जेठ, काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आफ्नो लिग चरणको अन्तिम खेलमा पन्जाब किंग्समाथि ४ विकेटको शानदार जित हात पारेको छ । यो जितले हैदराबादको शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना मजबुत बनेकोछ ।

२१५ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर अभिषेक शर्मा २८ बलमा ५ चौका र ६ चौकासहित सर्वाधिक ६६ रन बनाए । हेनरिक क्लासेन २६ बलमा ३ चौका र २ छक्कासहित ४२ रनमा आउट भए ।

ओपनर ट्रविस हेड शून्य, राहुल त्रिपाठी ३३ र नितेश कुमार रेड्डी ३७ रनमा आउट भए । पन्जाबका अर्शदीप सिंहले २ र हर्षल पटेलले २–२ विकेट लिए । हरप्रीत ब्रार र शशांक सिंहले १–१ विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेशल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । ओपनर प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रन जोडे । अथर्व टैडे २७ बलमा ५ चौका र २ छक्कासहित ४६, शशांक सिंह २ र जितेश शर्माले ३२ रन बनाए ।

राइली रोसोउ २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाउँदै आउट भए । हैदराबादका टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स र विजयकान्थले १–१ विकेट लिए ।

हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता १३ खेलमा ९ मा जित र ३ मा हारसहित १९ अंकका साथ शीर्ष स्थानमा छ । राजस्थान १३ खेलमा ८ मा जित र ५ मा हारसहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा कोलकाता र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ । राजस्थान विजयी भएमा कोलकातासँग पहिलो क्वालिफायर खेल्नेछ । राजस्थान पराजित भएमा हैदराबादले कोलकातासँग पहिलो क्वालिफायर खेल्नेछ । यदि वर्षाको कारण खेल हुन नसके नेटरनरेटको कारण हैदराबाद दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्न पाउनेछ ।

रोयल च्यालेन्जर्स बेंगलुरु १४ खेलमा ७ मा जित र ७ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । तेस्रो हुने टोलीले बेंगलुरुसँग एलिमिनेटर खेल खेल्नेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

पन्जाब हैदराबाद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय