+

नेपाललाई हराउँदै हङकङ सेमिफाइनलमा, मलेसिया बाहिरियो

२०८३ भदौ  २३ गते १४:५८ २०८३ भदौ २३ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भयो ।
  • २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो, जहाँ इशान पान्डेले ९० रन बनाए ।
  • हङकङ ७ विकेटमा २६१ रन बनाउँदै सेमिफाइनलमा पुग्यो, बाबर हायातले अविजित ११७ रन बनाए ।

२३ भदौ, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई १५ रनले हराएको हो ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।

हङकङका लागि एइजाज खानले ४ विकेट लिए भने यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले १-१ विकेट लिए ।

त्यसअघि बाबर हायातले शानदार अविजित शतक बनाएपछि हङकङले नेपालविरुद्ध २६१ रनको योगफल खडा गरेको थियो ।

हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । एक समय १३३-७ को अवस्थामा रहेको हङकङका लागि बाबर हायातले शतक बनाएर एहसान खानसँग १२८ रनको अविजित साझेदारी बनाए ।

बाबरले १२७ बलमा ७ चौका र ७ छक्का मद्दतले ११७ रन बनाएर नटआउट रहे भने एहसान ३४ रनमा नटआउट रहे । त्यसअघि शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर ४ विकेट लिए । शेर मल्लले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए ।

नेपाललाई हराएको हङकङ नेपालसँगै सेमिफाइनलमा पुगेको छ । हङकङको जितले आयोजक मलेसिया भने बाहिरिएको छ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय