+

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने

२०८३ भदौ  २३ गते १५:०६ २०८३ भदौ २३ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्ने भएको छ ।
  • समूह ‘ए’ को विजेता नेपाल मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि शीर्ष स्थानमै रह्यो ।
  • समूह उपविजेता हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।

२३ भदौ, काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ ।

समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्ने भएको हो ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो ।

यस्तै समूह उपविजेता बनेको हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।

यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनोट हुनेछ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय