News Summary
Generated by OK AI. Editorially reviewed.- बाबर हायातले अविजित ११७ रन बनाएपछि हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको छ।
- हङकङ एक समय १३३-७ को अवस्थामा रहे पनि बाबरले एहसान खानसँग अविजित १२८ रनको साझेदारी गरेका छन्।
- नेपालका सन्दीप लामिछानेले ४ विकेट र शेर मल्लले ३ विकेट लिएका छन्।
२३ भदौ, काठमाडौं । बाबर हायातले शानदार अविजित शतक बनाएपछि हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध २६१ रनको योगफल खडा गरेको छ ।
हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । एक समय १३३-७ को अवस्थामा रहेको हङकङका लागि बाबर हायातले शतक बनाएर एहसान खानसँग १२८ रनको अविजित साझेदारी बनाए ।
बाबरले १२७ बलमा ७ चौका र ७ छक्का मद्दतले ११७ रन बनाएर नटआउट रहे भने एहसान ३४ रनमा नटआउट रहे । त्यसअघि शाहिद वासिफले ४५ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर ४ विकेट लिए । शेर मल्लले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए ।
प्रतिक्रिया 4