+

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने

२०८३ भदौ  २२ गते २२:२२ २०८३ भदौ २२ गते २२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।
  • प्रतियोगितामा ब्वाइज/गर्ल्स टिम र यु–१०, यु–१२, यु–१४ तथा यु–१६ सिंगल्ससहित १० स्पर्धामा ४ देखि ५ सय खेलाडी सहभागी हुनेछन्।
  • हरेक सिंगल्समा शीर्ष तीनले ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार पाउनेछन्, र प्रतियोगिता असोज २ गतेसम्म चल्नेछ।

२२ भदौ, काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी गराए ।

ब्वाइज/गर्ल्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गर्ल्स सिंगल्समा खेल हुनेछ । हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा ४ देखि ५ सय खेलाडीको सहभागिता रहने टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिए ।

प्रधानाध्यापक श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तर दिने बताउदै शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै अब्बल हुन पर्छ भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले अन्य खेलका प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको बताए ।

पत्रकार सम्मेलनमा श्रेष्ठले विभिन्न खेलका १६ खेलाडीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको अवगत गराए । टेबल टेनिसमा ५, तेक्वान्दोमा ३, फुटबलमा ३, बास्केटबलमा ३, ब्याडमिन्टनमा १ र क्रिकेटमा १ खेलाडीलले आरम्भमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

आरम्भ कप टेबलटेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय