+

दोस्रो ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न, क्रिकेटतर्फको उपाधि डीएभी ब्लुलाई

२०८३ भदौ  २२ गते २२:२० २०८३ भदौ २२ गते २२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७ देखि सुरु भएको दोस्रो ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सोमबार सम्पन्न भएको छ।
  • स्पोर्ट्स गालामा ९८ विद्यालयका १ हजार २० खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका थिए।
  • क्रिकेटतर्फको आठौं सुशील केडिया मेमोरियल कपको उपाधि डीएभी ब्लुले जित्दै फाइनलमा डीएभी येलोलाई ३० रनले पराजित गरेको छ।

२२ भदौ, काठमाडौं । दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता सेप्टेम्बर ७ सोमबार सम्पन्न भएको हो ।

स्पोर्ट्स गालामा ९८ विद्यालयका १ हजार २० खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका थिए ।

क्रिकेटतर्फको आठौं सुशील केडिया मेमोरियल कपको उपाधि डीएभी ब्लुले जितेको छ। फाइनलमा डीएभी ब्लुले डीएभी येलोलाई ३० रनले पराजित गर्दै उपाधि जितेको हो।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर डीएभी ब्लुका शेखर शाह, उत्कृष्ट बलर एलआरआई स्कुलका श्रेयश अवस्थी, उदीयमान खेलाडी हिमालयन ह्वाइट हाउस आईबी वर्ल्ड स्कुलका आयुष शाही र उत्कृष्ट विकेटकिपर डीएभी येलोका रोनिश करञ्जित घोषित भए।

सेमिफाइनलमा डीएभी ब्लुले नेपाल पुलिस स्कुल तथा डीएभी येलोले हिमालयन ह्वाइट हाउस इन्टरनेसनल स्कुललाई पराजित गरेका थिए।

अन्य खेलतर्फ बास्केटबलमा बाल दीपक्षा सदन स्कुल विजेता बन्दा होली भिजन दोस्रो भयो। बास्केटबल महिलातर्फ ज्ञानदे बाल बाटिका विजेता बन्दा निसर्ग बाटिका दोस्रो भयो।

फुटबलमा सेन्ट जेभियर्स पहिलो, चेल्सी दोस्रो र ईपीएस स्कुल तेस्रो भए।

टेबल टेनिसमा डीएभी पहिलो, एभीएम स्कुल दोस्रो र सृष्टि एकेडेमी तेस्रो भए।

ब्याडमिन्टनमा नेपाल पुलिस स्कुल पहिलो, सेन्ट मेरीज दोस्रो र ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भए।

यस्तै, योगामा डीएभी पहिलो, एसिया प्यासिफिक दोस्रो र अकसिडेन्टल पब्लिक स्कुल तेस्रो हुँदा ताइक्वान्दोमा डीएभी पहिलो, सृष्टि एकेडेमी दोस्रो र माछापुच्छ्रे आईबी वर्ल्ड स्कुल तेस्रो भए।

लेट सुशील केडिया स्पोर्ट्स गाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय