+

‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार

२०८३ भदौ  २२ गते १४:४७ २०८३ भदौ २२ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको ओटीटी प्रसारण अधिकार नेटटीभीले १८ करोड ४ लाख रुपैयाँ करबाहेक कबुल गरेर पाएको छ।
  • नेपाल क्रिकेट संघको बोलपत्रमा डीगो स्ट्रिमले १७ करोड रुपैयाँ करबाहेक प्रस्ताव गरेको थियो।
  • क्यानले ओटीटी प्लेटफर्मलाई नेपालभित्र ४ सय, खाडी मुलुकमा ६ सय र अन्य मुलुकमा १० अमेरिकी डलर शुल्क लिनसक्ने अधिकार दिएको छ।

२२ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटीतर्फ प्रसारण अधिकार नेट टिभीले पाएको छ ।

सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा सबैभन्दा धेरै रकम कबुल गरेर नेट टिभीले सो अधिकार सुरक्षित गरेको हो । नेटटिभीले १८ करोड ४ लाख (करबाहेक) को कबुल गरेको थियो । अर्को प्रतिस्पर्धी डीगो स्ट्रिमले १७ करोड (करबाहेक) कवुल गरेको थियो ।

ओटीटीमा वर्ल्डलिंकको लगानी रहेको नेटटीभी र डीस होमको लगानी रहेको डीगो स्ट्रिम गरी दुईवटा मात्र कम्पनीले टेण्डर बुझाएका थिए ।

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले एनपिएल प्रसारणको अधिकार जितेको स्वीकारे । ‘हामीले कवुल गरेको रकम नै सबैभन्दा धेरै छ, अब उहाँहरूले प्रक्रिया पुर्‍याएर इमेलबाट कर्न्फमेसन दिन्छौं भन्नुभएको छ’ राजभण्डारीले अनलाइनखबरसँग भने ।

नेपाल क्रिकेट संघले ओटीटीमा नेपालभित्रबाट करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकहरुबाट ६ सय रुपैयाँ र अन्य मुलुकबाट १० अमेरिकी डलर शुल्क लिएर ग्राहक बनाउनसक्ने अधिकार ओटीटी प्लेटफर्मलाई दिएको छ ।

नेपाल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय