News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रदान गरिएको छ।
- केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
- आयोजकले बाढीपीडितको उद्दार, उपचार र पुनःस्थापनामा सहयोग गर्न पहिलो दिनको टिकट बिक्री रकम दिने घोषणा गरेको थियो।
२३ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको करिब ६ लाख रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रदान गरिएको छ ।
केडिया ग्रुपको आयोजनामा भइरहेको लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जिम्मा गरिएको हो ।
केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
आयोजकले बाढीका कारण पीडितको उद्दार, उपचार र पुनर्स्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्यले लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने रकम सहयोग गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया 4