+
+

बिजुलीबजार वार्ता : नाकाबन्दी फिर्ता लिन मधेसी मोर्चालाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १५ गते ०:३०

Madhesi Morcha barta

१४ असोज, काठमाडौं । प्रमुख तीन दलले शीर्षतहको निर्णायक वार्ताका लागि मधेसी मोर्चाका पूर्वसर्त मान्न सरकार सकारात्मक रहेको भन्दै नाकाबन्दी फिर्ता लिन आग्रह गरेका छन् ।

प्रदेशहरुको सीमांकन राजनीतिक सहमतिको आधारमा गर्ने प्रस्तावसहित तीन दलीय वार्ता टोलीले मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेको थियो ।

तमलोपा पार्टी कार्यालय बिजुली बजारमा भएको भेटमा तीन दलीय टोलीले मधेसी मोर्चाले औपचारिक वार्ता सुरु गर्न राखेको पाँचबुँदे सर्तप्रति सरकार र प्रमुख तीन दल सकारात्मक रहेको बताएको थियो ।
यसबारे सरकारले छिट्टै निर्णय लिने भन्दै तीनदलीय वार्ताटोलीले नाकाबन्दी फिर्ता लिन आग्रह गरेको थियो ।

जवाफमा तमलोपा अध्यक्ष ठाकुरले पहिला सरकारले निर्णय गर्नुपर्ने र त्यसपछि मोर्चाले के गर्ने भनेर निर्णय लिने बताएका छन् । ठाकुरले सरकारले पूर्वसर्तहरु पूरा गर्नासाथ नाकाबन्दी फिर्ता लिने कुनै आश्वासन दिएनन् ।

तीन दलले दुबै पक्षबाट निर्णय लिएपछि शुक्रबार राजनीतिक मुद्दामा शीर्ष तहमा छलफल गर्ने प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?