+
+

नेपाली भूमिमा चीनले बनायो पक्की भवन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते ७:४०

१९ असोज, हुम्ला । नेपाल-चीनको सीमानजिक नेपाली भूमिमा चिनियाँ पक्षले हुम्ला जिल्लाको लिमी गाविसको ललुङ जोममा (ताक्ची) एकतर्फी रुपमा नेपाली भूमिमा भवन बनाएको हो ।

LImiसीमाभन्दा दुई हजारमिटर मिचेर नेपाली भूमिमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको स्थानीय ब्यवसायी मंगल लामाले बताए ।

यता, लिमी गाविसका सचिव धर्मराज रोकायाका अनुसार लिमी गाविसका स्थानीयवासीले नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको राजधानी दैनिकमा खबर छ ।

सो क्षेत्रमा अनुगमन गर्न गएका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको टोलीलाई स्थानीयवासीले चिनिया पक्षले मनोमानी ढंगले सीमा मिचेर भवन निर्माण गरेको स्वीकार गरे । उनले भनव निर्माणका विषयमा चिनियाँ पक्षले केही सल्लाह नगरेको बताए । सो क्षेत्रमा प्रजिअ डा. घिमिरेको टोलीले प्रत्यक्ष रुपमा अवलोकनसमेत गरेको सचिव रोकायाले बताए ।

भर्खरै सो क्षेत्रको अवलोकन गरी आएका पत्रकार महासंघ जुम्लाका अध्यक्ष कर्णबहादुर रोकायाका अनुसार चीनले नेपाली भूमिमा भवन बनाएर हेपाहा प्रवृत्ति देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?