९ कात्तिक,काठमाडौं । राष्ट्रपति उम्मेदवार छान्न बसेको एमाले स्थायी कमिटी बैठकमा उपराष्ट्रपति उम्मेदवारको बारेमा समेत चर्चा भएको छ ।
एमाले स्रोतका अनुसार उपराष्ट्रपति मधेशी समुदायबाट ल्याउनेबारे छलफल भएको हो । बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले उपराष्ट्रपतिका लागि नेकपा संयुक्तका अध्यक्ष गणेश साहको नाम समेत ल्याएका थिए ।
जनकपुरका मधेसी अगुवा र लामो समय कम्युनिस्ट आन्दोलनमा बिताएका बौद्धिक व्यक्ति भएकाले पनि गणेश साह साझा उम्मेदवार हुन सक्ने चर्चा भएको एक एमाले नेताले बताए ।
एमालेले उपराष्ट्रपति पद पनि पाउने अवस्थामा महेश चौधरी र शान्त चौधरीमध्येबाट एकजनालाई अघि बढाउनु उपयुक्त हुने चर्चा पनि बैठकमा चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4