२३ कात्तिक, धनकुटा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाएमा भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सकेमा नाकाबन्दी हट्ने बताए ।
आन्दोलनरत मधेसीलाई पनि संसदमा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध गरेर जनतालाई नसताउन आग्रह गरे ।
भारतले शत्रुलार्इ पनि गर्न नहुने नाकाबन्दी गरेको र यो अमानवीय भएको उनले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4