+
+

गुल्मीका सवारी साधनलाई टाइम कार्डको व्यवस्था

१४ मंसिर, तम्घास । गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलको सक्रियतामा जिल्ला ट्राफिक कार्यालय गुल्मीले टाइम कार्डको व्यवस्था गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १४ गते १५:४२

Pradip-Raj-Kandel,-CDO,-Gul

  • सवारी चालकलाई टाइमकार्ड वितरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल

अनिल खत्री

१४ मंसिर, तम्घास । गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलको सक्रियतामा जिल्ला ट्राफिक कार्यालय गुल्मीले टाइम कार्डको व्यवस्था गरेको हो ।

टाइम कार्डमा गाडी गन्तव्यमा पुग्ने समय, चालक, सहचालक र यात्रुहरूले पालना गर्नुपर्ने नियम लगायतका विषयहरु उल्लेख हुन्छ । टाइमकार्ड विपरितको काम गरे कारवाही हुन्छ ।

सोमबार तम्घासमा एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी कँडेलले बस चालकलाई टाइम कार्ड हस्तान्तरण गर्दै पूर्णरुपमा पालना गर्न निर्देशन दिए । टाइम कार्ड अनुसार चालकले सवारी साधन सुचारु गरे बढ्दो दुर्घटना न्यूनिकरण गर्न मद्दत हुने उनको भनाई छ ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुट्ने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिए ।

टाइम कार्डमा गाडी गन्तव्यमा पुग्ने समय, चालक, सहचालक र यात्रुहरूले पालना गर्नुपर्ने नियम लगायतका विषयहरु उल्लेख हुन्छ । टाइमकार्ड विपरितको काम गरे कारवाही हुन्छ ।

जिल्लाबाट छुट्ने बस, हाइस माइक्रोबस, निसान गाडी र जिपलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुट्ने सवारी साधनहरुलाई रिडीसम्म टाइम कार्डको व्यवस्था गरिएको हो । सदरमुकाम तम्घासबाट छुट्ने बसले रिडी २ घण्टा ४५ मिनेटमा पुर्‍याउनु पर्नेछ । हाइस, निसान गाडी, एसी गाडीले २ घण्टामा रिडी पुग्नेगरी टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक प्रमुख श्रेष्ठले बताए ।

विराटनगरबाट सरुवा भइ गुल्मीमा आएलगत्तै प्रमुख जिल्ला अधिकारी कँडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी लगायतको सर्बपक्षीय बैठक बसालेर टाइमकार्ड लागु गर्ने निर्णय गराएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख श्रेष्ठका अनुसार पहिलो चरणमा एक हप्तासम्म सबै सवारी साधनलाई टाइम कार्ड वितरण गरेर चालकहरुको सुझाव अनुसार अगाडि बढ्ने बताए । सबै सवारी साधनले टाइम कार्डअनुसार सवारी साधनहरु चलाएमा जिल्लामा दुर्घटना न्यूनिकरण गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

टाइम कार्ड हस्तारण कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी कँडेल, प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मी, ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठ, नेपाली कांग्रेस गुल्मीका उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, पश्चिम नेपाल बस व्यवसायी संघका महेश काउछा लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?