+
+

बचतकर्ताको साढे ३ करोड बढी ठग्ने सहकारी सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २२ गते १६:४०

२२ मंसिर, काठमाडौं । सर्वसाधारणको रकम ठगी गर्ने एक सहकारी सञ्चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । मकवानपुरको दामन गाविस ७ स्थायी घर भइ हाल काठमाडौंको अनामनगर बस्दै आएका ३० वर्षीय मिनबहादुर बस्नेतलाई प्रहरीले पक्रेको हो ।

Min-Bahadur-Basnetबस्नेत २०६२ सालदेखि मकवानपुरको दामन गाविस ५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका उपाध्यक्ष हुन् । बस्नेतलगायतका सहकारी सञ्चालकले एक हजार एक जना बचतकर्ताबाट .३ करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ ठगी गरेका थिए ।

उनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानको लागि डिल्लीबजार कारागारमा चलान गरिएको प्रहरीले जनाएको छ ।

सोही मुद्दाका प्रतिवादीहरुमध्ये तुलसीकुमारी बस्नेत अनामनगरबाट र हरि बस्नेत नयाँ नैकापबाट गत असार महिनामै पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?