+
+

तेल कालोबजारीमा समातिएका शर्मा र साहलाई ५ वर्ष जेल सजाय माग

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १९:१६

Rabin Sharma and Ran adhar sha

२ पुस, काठमाडौं । तेलको कालोबजारी र ठगी गरेको आरोपमा पक्राउ परेका नेपाल आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मा र गुणस्तर तथा नापतौल विभागका पूर्व महानिर्देशक राम आधार साहलाई प्रहरीले जिल्ला अदालतमा पेस गरेको छ ।

शर्मा र साहविरुद्ध ठगी र कालोबजारीको मुद्दा चलाइएको छ । प्रहरीले सरकारी वकिलमार्फत बिहीबार शर्मा र साहको अनुसन्धान फाइलसहित जिल्ला अदालत काठमडौंमा पेस गरेको हो ।

पेट्रोल पम्प सञ्चालकहरु सिताराम घिमिरे र कल्याण खड्कालाई पनि अदालतमा पेश गरेको थियो । अदालतमा बिहीबारबाट बहस सुरु हुने भनिए पनि अनुसन्धान प्रक्रिया नसकिएकोले भोलिबाट मात्रै बहस हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले थानकोट डिपो प्रमुख शर्मासाग १ करोड १० लाख विगो र ५ वर्ष जेल सजाय मागदावी गरेको छ ।

यसैगरी तेल ठगी गरेको आरोपमा पक्राउ परेका ६ वटा पेट्रोल पम्प संचालक र ठगी गर्न सिकाउने गुणस्तर तथा नापतौल विभागका पूर्व महानिर्देशक राम आधार साहसाग दामासाहीमा एक करोड ८० लाख रुपैंया विगो जरिवाना माग दावी गरेको छ ।

वातावरण मन्त्रालयका सहसचिव समेत रहेका साहविरुद्ध कालोबजारीमा मतियार बनेको र पम्पलाई ठगी गर्न सिकाएको अभियोग लगाइएको छ ।

त्यस्तै पक्राउ परेका पम्प सञ्चालकहरु सिताराम घिमिरे र कल्याण खडकासाग क्रमशः १२ र १८ लाख विगो र ५ वर्षको जेल सजायको माग दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?