२८ पुस, काठमाडौं । नेपाल प्रहरीका लागि शान्ति मिसनहरु धमाधम बन्द हुन थालेका छन् । द्वन्द्वग्रस्त देशहरुबाट क्रमशः फिर्ता हुन थालेपछि नेपाल प्रहरीको शान्ति मिसन संकटमा परेको नयाँ पत्रिकामा खबर छ ।
नेपाल प्रहरी खटिँदै आएको लाइबेरिया (अनमिल) मिसन बन्द भएको छ । हाइटी (मिनुस्टा) मिसन एक वर्षपछि बन्द हुँदैछ । त्यसबाहेक नेपाल प्रहरीसँग सुडान (अनमिस) मिसन मात्र बाँकी रहनेछ । त्यसकारण थोरै मात्र प्रहरी अधिकारीले शान्ति मिसनमा जाने अवसर पाउने छन् ।
नेपाल प्रहरीको संयुक्त राष्ट्र शाखाका एसएसपी श्याम खड्काका अनुसार लाइबेरिया मिसन लगभग बन्द भएको छ । अहिले त्यहाँ १२ जना प्रहरी कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4