+
+

नाच्ने हैन पशुपति शर्माको गीतमा

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ७ गते १०:३६

pashupati

काठामाडौं । पञ्चेवाजामा गीत सुनेर मनोरञ्जन लिनेहरुका लागि पशुपति शर्माले एउटा कोशेली थपेका छन् । सम्झना लामिछाने मगरसँग मिलेर नयाँ गीत गाएका छन् पञ्चे बाजाको गीत ‘डल्ली’ ।

‘यो कुनै मौलिक गीत होइन गाउँघरमा बजिरहने गीत हो ।’ अनलाइनखबरसँग कुरा गर्दै पशुपति शर्माले भने ।

ऐले नाच सबले मन पराउँछन्
ब्या गरेछि बुढाले कराउँछन्
यसै त डल्ली नाच हल्ली हल्ली…

यस्तै यस्तै ठट्यौली शब्द छ यसमा । यहि भाकामा गाउँघरमा हुने बिहेमा केटाकेटीलाई नाँच्न सजिलो हुने भएको छ । निकै छोटो समयमा गीत बनाएका थिए पशुपतिले । गाउँमा चलनचल्तीमा रहेको शब्द र भाका राखिएकाले थोरै समयमै गीत तयार भएको उनको भनाई छ ।

सारंगी, मादल र पञ्चेबाजामा गाइने गीतको छुट्टै महत्व भएझैं लाग्छ उनलाई । उनी भन्छन् ‘पञ्चेबाजा हाम्रो आफ्नै मौलिक बाजा हो । बाजाको मौलिकता जोगाउनका लागि पनि यस्ता गीत गाउनुपर्छ ।’

भिडियोमा मोडलिङ पनि पशुपति र सम्झनाले नै गरेका छन् । पोखरा महोत्सबमा सहभागी हुन पोखरा पुगेका शर्माले केही दिनपछि ०७२ साललाई आलोचना गरेर अर्को गीत लिएर आउँदैछन् । ‘बैशाखमा भूकम्प गयो, दसैंमा नाकाबन्दी । यो वर्ष हाम्रो लागि गतिलो भएन त्यसकारण ०७२ साललाई गाली गर्न मन लाग्यो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?