+

हिंगिस-सानियाले जिते अष्ट्रेलियन ओपनको उपाधि

२०७२ माघ  १५ गते १५:१६ २०७२ माघ १५ गते १५:१६
हिंगिस-सानियाले जिते अष्ट्रेलियन ओपनको उपाधि

sania mirza and martina hingis ap

१५ माघ, काठमाडौं । स्वीट्जरल्याण्डकी मार्टिना हिंगिस र भारतकी सानिया मिर्जाले अष्ट्रेलियन ओपन महिला डबल्सको उपाधि जितेका छन् । फाइनलमा उनीहरुले सातौं वरियता प्राप्त चेक गणराज्यकी एन्डि्रयया लाविचकोवा र लुट्सिया रिडिस्कालाई ७-६, र ६-३ ले हराए ।

प्हिलो सेटमा दुवै जोडीबीच कडा प्रतिस्पर्धा भएको थियो । तर दोस्रो सेट एकतर्फी बन्यो । सानिया र हिंगीसले प्रतिस्पर्धी जोडीलाई कुनै मौका दिएनन् ।

यो जोडीले जितेको यो लगातार तेस्रो ग्राण्ड स्लाम उपाधि हो । उनीहरुले तीन मिक्स्ड डबल्स उपाधि पनि जितिसकेका छन् । अन्तर्राष्ट्रिय टेनिसमा सानिया-हिंगिसले ३६ वटा जित हासिल गरिसकेका छन् ।
-एजेन्सी)

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय