५ फागुन, काठमाडौं । व्यवस्थापिका संसदले नियमावली मस्यौदा समितिको म्याद ३० दिन थप गरेको छ । व्यवस्थापिका संसदको पहिलो अधिवेशनको अन्तिम दिन बुधबार बसेको बैठकले समितिलाई माघ २० गतेबाट लागु हुने गरी ३० दिनको समय थप गरेको हो ।

समितिका सभापति राधेश्याम अधिकारीले मस्यौदा बनाउनका लागि समितिले ११ सदस्यीय उपसमिति गठन गरेको र उपसमितिले प्रस्तुत गरेको मस्यौदा माथि छलफल नसकिएकाले समितिको म्याद ३० दिन थप भएको जानकारी दिए ।
संसदको असोज २५ गते बसेको बैठकले समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले ३० दिनभित्र काम सक्ने म्याद दिइएकामा समितिको पहिलो बैठक गठन भएको डेढ महिना पछि अर्थात् मंसिर ४ गते मात्रै बस्न सकेको थियो ।
समितिलाई गठन भएको मितिदेखि अहिलेसम्म चार पटक म्याद थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4