+
+

हङकङमा ‘वीर विक्रम’ प्रियिमर, दयाहाङसँगै देखिए दीया र हेमा(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १६ गते १६:०३

hema and milan
नेपालमा भदौ ३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘वीर विक्रम’को भव्य प्रिमियर हङकङमा गरिएको छ । निर्देशक मिलन चाम्सका अनुसार चलचित्र हेरेर दर्शक हाँसे अनी रोए ।

प्रिमियरमा सहभागी हुनका लागि चलचित्रका मुख्य कलाकार दयाहाङ राई, नायिका दीया पुन, निर्देशक मिलन चाम्स, संचारकर्मी नरेश भट्टराई र ‘हँसिया’ चलचित्रकी मुख्य नायिका हेमा श्रेष्ठ हङकङ पुगेका थिए ।

हङकङको यूइन लङ थिएटरमा भएको भव्य प्रिमियरमा दर्शकको पनि उल्लेख्य उपस्थिती थियो । संचारकर्मी नरेश भट्टराइले कलाकार र दर्शकसँग चलचित्रको बारेमा कुरा गरेका थिए । कार्यक्रममा मुख्य कलाकार दयाहाङ राइलाई देख्दा दर्शकका उत्साह थपिएको थियो । bir bikram herdai darsak daya and diya nareshनिर्देशक मिलन चाम्सले आफ्नो टार्गेट छोएकोमा खुशी व्यक्त गरे । उनले चलचित्रबाट शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको पनि बताए । चलचित्रमा अनुपविक्रम शाही, अर्पण थापा पनि मुख्य भूमिकामा छन् । अब, यो चलचित्रको प्रियिमर लण्डनमा पनि गरिनेछ ।daya in red carpet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?