+
+

डा. शेखर कोइराला उर्फ ‘मेसेन्जर पोलिटिसियन’

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १८ गते १४:२५

shekhar koirala

१८ चैत, काठमाडौं । वीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालाका पुत्र डा. शेखर हालै सम्पन्न महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राजनीतिमा ०४७ साल पछिमात्रै सक्रिय भए पनि ठूला राजनीतिक परिवर्तनहरुमा डा. शेखरले विशेषतः सन्देशवाहकको भूमिका खेल्दै आएका छन् । र, यही भूमिकाका कारण उनलाई ‘हल्कारा राजनीतिज्ञ’ भन्दा अन्यथा नहोला ।

०३६ सालमा शेखरको भूमिका

बीपी कोइरालालाई ०१७ साल पुस १ गते राजा महेन्द्रले अपदस्थ गर्दा शेखर कोइराला १० वर्षका थिए । पाटन अस्पतालमा आफ्नो कुरुवा बसेकी आमा नोनाले छाडेर कतै गएको र सानी बहिनी कुरुवा बसेको शेखर सम्झन्छन् । वाल्यावस्थामै भएका कारण उनले ०१७ साल र त्यसपछिका पञ्चायतविरोधी संघर्षहरुमा खासै भूमिका खेल्न पाएनन् ।

पञ्चायत स्थापना भएको डेढ/दुई दशकपछि नेपालबाट डाक्टरी पढ्न दिल्ली पुगेको युवकलाई भारतीय जनता दलका तत्कालीन अध्यक्ष चन्द्रशेखरले आफ्ना एक सहायक मार्फत् घरमा बोलाए । ती युवकलाई लिएर चन्द्र शेखर तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईकहाँ पुगे । ‘यिनै हुन् शेखर कोइराला, जो काठमाडौँ जानेछन्’, चन्द्रशेखरले प्रधानमन्त्री देसाईलाई भने ।

केहीबेरमा मोरारजीका सहायक दुईवटा खाम लिएर आइपुगे । एउटा खाममा काठमाडौँ जाने हवाइ टिकट थियो, अर्कोमा चाहिँ नेपालमा नजरबन्दमा रहेका पूर्वप्रधानमन्त्री वीपी कोइरालालाई लेखिएको चिठी थियो ।

‘म सरासर वीपी बस्नुभएको चावहिलको घर आएँ । कडा पहरा थियो घरमा । मलाई त्यो चिठी जोगाउनुथियो । मलाई पक्रिए पनि त्यो चिठीचाहिँ नपक्रिउन् भन्ने म चाहन्थे,’ डा. शेखरले अनलाइनखबरसँग भने ।

००००

‘अब कहिले फिर्ता जान्छौ ?’ वीपीले शेखरलाई सोधे ।

‘केही काम छ भने बस्छु, नत्र मलाई पढ्न फर्किनु छ’ शेखरले वीपीलाई जवाफ दिए ।

बहुदलीय व्यवस्था आउँदा डा. शेखरले दोस्रोपटक महत्वपूर्ण क्षणमा महत्वपूर्ण व्यक्तिहरूको ‘म्यासेन्जर’ को भूमिका खेल्ने मौका पाए । यो मौका डाक्टर नभएको भए उनले शायदै पाउने थिए ।

‘उसोभए एउटा नोटबुक र पेन किनेर ल्याऊ, म ज-जसलाई भेट भन्छु, उसलाई गएर भेट र उनीहरू के भन्छन् टिपोट गरेर ल्याऊ ।’

भारतीय प्रधानमन्त्री नेहरूसँग कोइराला परिवार । तस्वीरः शेखर कोइरालाको फेसबुक पेजबाट
भारतीय प्रधानमन्त्री नेहरूसँग कोइराला परिवार । तस्वीरः शेखर कोइरालाको फेसबुक पेजबाट

वीपीको यस्तो निर्देशनपछि शेखर तत्कालै दिल्ली फर्केनन् । काठमाडौंमै बसेर उनले त्यस बखत नाम चलेका हस्तीहरूलाई भेटे गरे । र वीपीले भने झैँ उनीहरुको सन्देशवाहकको काम गरे । उनी आफूले भेटेका मान्छेहरुले भनेको कुरा टिपोट गर्थे र वीपीलाई लगेर सुनाउँथे ।

शेखरले अब पढ्नका लागि दिल्ली र्फकन्छु भन्दा वीपीले उनलाई गिरिजालाई खोज्न र उनको सन्देश सुनाउन लगाए ।

डा. शेखर अहिले सम्झन्छन्- ‘सानुबुवा (गिरिजा) भारतमा हुनुहुन्थ्यो, उहाँका रेगुलर सेल्टरहरु घुमेपछि मैले उहाँलाई फरबेजगञ्जमा भेटेँ र वीपीको सन्देश सुनाएँ ।’

गिरिजालाई भेटेर वीपीको सन्देश सुनाएपछि उनले शेखरलाई फेरि काम अर्‍हाए । उनले ०३६ सालको आन्दोलन बन्द गर्नुपर्छ भनेर लेखेर पठाए ।

००००

वि.सं. ०३५ साल चैत्र २२ गते पाकिस्तानी पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैनिक सरकारले भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजायँ गरेका थिए । यो खबरले नेपालको पञ्चायती व्यवस्थामा ठूलै खैलाबैला मच्चिएको थियो ।

भुट्टोलाई गरिएको सजायँको विरोधमा काठमाडौँमा विद्यार्थीहरूले जुलुस निकालेका थिए । जुलुसले उग्र रूप लिँदा तत्कालिन शाही नेपाली वायुसेवा निगमको नयाँ सडकमा रहेको भवनमा पनि क्षति पुग्यो । जुलुस नियन्त्रण गर्न प्रहरी परिचालन गरियो ।

पाकिस्तान सरकारविरुद्ध सडकमा उत्रिएका विद्यार्थी नेताहरूले यो आन्दोलनको प्रयोग पञ्चायती व्यवस्था विरूद्ध गरे । उनीहरुले नेपालमा बहुदलीय व्यवस्थाको माग सशक्त रूपमा अघि सारे ।

जेष्ठ महिना लाग्दै गर्दा आन्दोलन देशका विभिन्न भागहरूमा फैलिसकेको थियो । ०३६ साल जेठ ९ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायती व्यवस्था र बहुदलबीच जनमत संग्रह गराउने घोषणा गरे । ०३७ सालमा जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्था विजयी भयो । वीपीले जनमत संग्रहको परिणाम स्वीकार गरे । त्यसको दुई वर्षपछि ०३९ सालमा क्यान्सरका कारण वीपीको निधन भयो ।

०४६ सालमा दोस्रो ‘म्यासेन्जर’

पञ्चायतको अन्त्य भई ०४६ सालमा बहुदलीय व्यवस्था आउँदा डा. शेखरले दोस्रोपटक महत्वपूर्ण क्षणमा महत्वपूर्ण व्यक्तिहरूको ‘म्यासेन्जर’ को भूमिका खेल्ने मौका पाए । यो मौका डाक्टर नभएको भए उनले शायदै पाउने थिए ।

डा. शेखरले भारतीय प्रधानमन्त्रीलाई कोशी अञ्चल अस्पतालको क्षमतावृद्धिका लागि सहयोग गर्न आग्रह गरे । तर, जवाफमा चन्द्रशेखरले भने, ‘मागना है तो हमारे मित्र, वीपी के नाम से मेडिकल कलेज मागो !’

केही समय पाल्पाको मिसन अस्पतालमा काम गरेपछि भारतमा उच्च शिक्षाको पढाइ सिध्याएर डा. शेखर बिराटनगरको कोशी अस्पतालमा काम गर्थे । बहुदल आउनुअघि उनले खुलेर बहुदलको समर्थनमा क्याम्पेनिङ गरे । बहुदल आउने बेलाको जनआन्दोका समयमा उनी कोशी अस्पतालमै कार्यरत थिए ।

‘म दिउँसो अस्पताल जान्थेँ, काम गर्थेँ, तर आफ्नो क्लिनिकमा भने जान्नथें,’ उनी सम्झन्छन्- ‘यसो गरेका कारण तत्कालीन अञ्चालाधीश उनीसँग रिसाएका थिए, तर फेरि डाक्टर भएका कारण कारवाही गर्न सजिलो थिएन ।’

जनआन्दोलनमा डा. शेखरले खुल्लारुपमा सक्रिय भूमिका नखेले पनि भित्री रुपमा पार्टीलाई निकै ठूलो सहयोग पुर्‍याए ।

म्यासेन्जरको फाइदाः धरानको वीपी अस्पताल  

भारतमा बस्दा खेलेको म्यासेन्जरको भूमिकाले डा. शेखरलाई राजनीतिमा मात्रै होइन, विकास निर्माणमा पनि मद्दत गर्‍यो ।

औद्योगिक नगरी  बिराटनगरमा ०४७ साल फाल्गुन ३ गते शुक्रबारका दिन विशेष चहल-पहल थियो । प्रजातन्त्र प्राप्तिमा विशेष योगदान पुर्‍याएको शहरमा एकजना विशेष पाहुना आउँदै थिए । उनी थिए भारतका तत्कालीन प्रधानमन्त्री चन्द्र शेखर, जसले ०३६ सालमा डा. शेखरलाई वीपीको पत्रवाहक बनाएका थिए ।

बिराटनगरमा चन्द्र शेखरको अभिनन्दन कार्यक्रममा बोल्दै डा. शेखरले भारतीय प्रधानमन्त्रीलाई कोशी अञ्चल अस्पतालको क्षमतावृद्धिका लागि सहयोग गर्न आग्रह गरे ।

उनले निर्वाह गर्नुपर्ने विगतको भन्दा महत्वपूर्ण काम अझै बाँकी थियो, जुन उनले गिरिजा र प्रचण्डको वीचमा बसेर पूरा गरे ।

तर, जवाफमा चन्द्रशेखरले भने, ‘मागना है तो हमारे मित्र, वीपी के नाम से मेडिकल कलेज मागो !’

भारतमा चन्द्र शेखरको कार्यकाल छिटै नै समाप्त भयो । तर, उनले आफूले गरेको वाचा भुलेनन् । भारतमा चाँजोपाँजो चन्द्र शेखरले मिलाए । यता नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई डा. शेखरले सन्देश दिए कि वीपीका नाममा मेडिकल कलेज खोल्न भारत तयार छ ।

केही महिनामै युद्धस्तरमा काम शुरू भयो । प्रपोजल तयार पारियो । नेपालतर्फको जिम्मेवारी डा. शेखर कोइरालाले पाए । उनी भन्छन्- ‘त्यसपछि म धेरैपटक दिल्ली आउने-जाने गरिरहेँ । प्रोजेक्टको सिलसिलामा त्यहाँका कर्मचारी र नेताहरूसँग नियमित रुपमा भेट्ने  थप अवसर मिल्यो ।’

र, यसैको परिणामस्वरुप अहिले धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । त्यहाँ नेपालका मात्रै नभएर भारतका विरामीसम्म आउँछन् । भारतका विद्यार्थीले पनि मेडिकल साइन्स पढ्छन् । डा. शेखर त्यसको संस्थापक एवं पहिलो भीसी हुन् । र, भीसी छाडेपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।

गिरिजा र प्रचण्डलाई मिलाउने भूमिका

डाक्टरी पेशा छाडेर सक्रिय राजनीतिमा आएका डा. शेखरले ‘मेसेन्जर पोलिटिसियन’ को पछिल्लो अध्याय पूरा गर्न बाँकी नै थियो । अर्थात, उनले निर्वाह गर्नुपर्ने विगतको भन्दा महत्वपूर्ण काम अझै बाँकी थियो, जुन उनले गिरिजा र प्रचण्डको वीचमा बसेर पूरा गरे ।

माओवादी जनयुद्ध ०५८/०५९ सालतिर उत्कर्षमा पुगेको थियो । कम्युनिष्टहरूलाई सधैँ हेयको दृष्टिले हेर्ने गिरिजाको मन एकाएक परिवर्तन भयो र उनी माओवादीहरूसँग आफैं वार्ता गर्ने निर्णयमा पुगे । गिरिजाको मन परिवर्तन हुनमा तत्कालीन राजा ज्ञानेन्द्रको पेलाइ निमित्त कारण बनेको थियो ।

माओवादी नेतृत्व भारतमा रहेको र भारत आउजाऊ गर्दा अरूले शंका गर्लान् भनेर गिरिजाले आफ्ना भतिज शेखरलाई प्रयोग गरे ।

त्यसपछि विस्तारै आफ्ना विश्वास पात्र कृष्णप्रसाद सिटौला र ‘भारतले पत्याएका’ अमरेशकुमार सिंहलाई समेत गिरिजाले शेखरका साथमा लगाए ।

डा. शेखर सिलसिलामा भारत आउ-जाउ गरिरहने भएकाले उनीमाथि तत्कालीन सरकारले शंका गर्ने ठाउँ थिएन । उनी खुलेर राजनीतिमा लागिसकेका थिएनन् । शेखरको मावली घर र दाजुको घरसमेत भारतमै भएकाले उनका लागि दिल्ली खासै ‘दूर’ थिएन ।

डा. शेखरले गिरिजा र प्रचण्डवीच ‘म्यासेन्जर’को भूमिका निर्वाह गरे । ०६२ मंसिर ७ मा १२ बुँदे सम्झौता हुँदा गिरिजासँगै डा. शेखर दिल्लीमा थिए ।

काठमाण्डौँबाट निस्कँदा गिरिजाले आफू स्वास्थ्य परीक्षणका लागि डा. शेखरलाई लिएर दिल्ली गएको बताएका थिए । गिरिजा केहीबेर दिल्लीस्थित नेपाली दूतावासमा रोकिएका थिए । र, त्यहाँबाट माओवादीको सम्पर्कमा पुगेका थिए ।

‘मेसेन्जर’ हुँदा जुरेको ताकत

नेपाली कांग्रेसभित्र भारतसँग पहुँच राख्ने नेताका रुपमा शेखरको नाम लिने गरिन्छ । हुन त १२ बुँदे सम्झौता ताका कृष्णप्रसाद सिटौलाले पनि भारतसँग नातो कसेका थिए । तर, शेखरको सम्बन्ध भने सिटौलाको भन्दा निकै बलियो छ । पछिल्लो समयमा बीजेपीका केही हिन्दुवादीले खुमबहादुर खड्कालाई पनि साथ नदिएका होइनन्, तर, शेखरको भारतीयसँगको नाता अलि फरक र पुरानो छ ।

गिरिजाले भनेका थिए, ‘प्रचण्डजी, म शेखरलाई मनोनयन गरिदिन्छु, तपाईँलाई पनि सजिलो हुन्छ ।’ तर, गिरिजा एकाएक आफ्नो निर्णयबाट पछि हटे । उनले शेखरलाई अन्तरिम संसदमा मनोनयन गरेनन् । यसको साटो पार्टीभित्र कृष्ण सिटौला एकाएक हावी भए ।

डा. शेखरलाई नजिकबाट चिन्नेहरू उनी डाक्टर भएको र दिल्ली (जहाँ वीपी  स्वास्थ्य परीक्षणका लागि गइरहन्थे) मा बस्ने गरेकाले नै उनले राजनीतिमा नलागे पनि राजनीति कसरी गरिन्छ भनेर सिकेको बताउँछन् ।

डा. शेखर स्वयम् भन्छन् ‘डाक्टर भएपछि मानिसहरूको विश्वास जित्न गाह्रो हुँदैनरहेछ’ । त्यसो त राजनीतिज्ञहरू पनि डाक्टरहरूलाई सम्मान गर्छन् । ‘आखिर राजनीतिज्ञहरू पनि बिरामी परे भने आउने त डाक्टरकहाँ नै हो नि !’ उनी भन्छन् ।

भारतमा पनि डाक्टर हुनुको नाताले वाजपेयीसँग सम्बन्ध बनेको डा. शेखरको भनाइ छ । दिल्लीको अल इण्डिया इन्स्टिण्ट्यूट अफ मेडिकल साइन्सेसमा रहँदा कहिले शेखरको भेट अटल बिहारी वाजपेयीसँग हुन्थ्यो त कहिले चन्द्र शेखरसित ।

यद्यपि भारतको मेसेन्जर भएको आरोप पनि शेखरका लागि नौलो होइन । भारतले हालै लगाएको नाकाबन्दीको क्रममा उनले केन्द्रीय कमिटिमा ठोकुवा गरेर भनेका थिए कि संविधान संशोधन नभई नाकाबन्दी खुल्नेवाला छैन । आखिर भयो पनि त्यस्तै !

तर, कांग्रेसभित्र कृष्ण सिटौलालाई भारतसँग जोडेर जति बढी आलोचना गरिन्छ, शेखरलाई त्यो रुपमा नकारात्मक आलोचना हुने गरेको छैन ।

नोना र गिरिजाको निधनपछि छायाँमा

शान्ति सम्झौता सम्पन्न भएपछि र आमा नोनाको निधन भएपछि शेखर कोइराला र गिरिजाको सम्बन्धमा चिसोपना आयो । नोनाको निधनपछि पार्टीमा सुशील कोइराला हावी भए । सुशील र नोनावीच राम्रो सम्बन्ध थिएन । उनीहरुवीच गिरिजामाथि कसले बढी प्रभाव पार्ने भन्नेमा सधैँ प्रतियोगिता जस्तै नै हुन्थ्यो ।

नोनाको निधनपछि, अझ गिरिजाको निधनपछि सुशीलले शेखरलाई नोनाकै छोराका रुपमा हेरे र उपेक्षा गरे । शेखरले पनि सुशीलको कार्यशैलीको आलोचना गरे । यसले गर्दा पार्टी नेतृत्वमा सुशीलको आगमनपछि शेखर कोइराला लगभग भूमिकाविहीन जस्तै बन्न पुगे ।

शान्तिप्रक्रिया लगत्तै एक दिन गिरिजा र प्रचण्डसँगै बसिरहेका थिए । गिरिजाले अन्तरिम संसदमा शेखरलाई मनोनित गर्ने निर्णय सुनाए । गिरिजाले भनेका थिए, ‘प्रचण्डजी, म शेखरलाई मनोनयन गरिदिन्छु, तपाईँलाई पनि सजिलो हुन्छ ।’

तर, गिरिजा एकाएक आफ्नो निर्णयबाट पछि हटे । उनले शेखरलाई अन्तरिम संसदमा मनोनयन गरेनन् । यसको साटो पार्टीभित्र कृष्ण सिटौला एकाएक हावी भए ।

गिरिजाको निधनपछि सुशीलले शेखर कोइरालाको विकल्पका रूपमा वीपी पुत्र शशांकलाई अघि सारे । सुशील आफैं पनि शशांककै घरमा बस्न थाले । १३ औं महाधिवेशनमा आफूले सभापति जितेर शशांकलाई कार्यवाहक दिने र कोइराला परिवारको नेताका रूपमा शशांकलाई उभ्याउने सुशीलको अन्तिम चाहना थियो ।

केन्द्रीय कमिटीमा सर्वाधिक मत ल्याएर विजयी बनेका डा. शेखर अबका दिनमा मेसेन्जरकै भूमिकामा मात्रै चित्त बुझाएर बस्ने देखिँदैन ।

शेखरको समस्याः कहिलेसम्म हल्कारा बन्ने ?

डा. शेखरले गर्दै आएका राजनीतिज्ञहरूको संगत र उनको वीपीसँगको निकटताले उनलाई एक कन्जरभेटिभ राजनीतिज्ञ बनाएको धेरैको ठम्याइ छ । ‘उनी हत्पत कुनै बोल्ड कदम चाल्न सक्दैनन् । संविधानमा धर्म निरपेक्ष घोषणा भइसक्दा पनि उनी हिन्दु राष्ट्रको वकालत गर्दैछन् । कृष्ण सिटौलाचाँहि धर्म निरपेक्षको पक्षमा उभिएका छन् ।

डा. शेखरले कर्ममा विश्वास गर्छु भने पनि उनी ‘ट्राडिसनल पोलिटिसियन’ जस्तो देखिन्छन् । उनीसँग विचार त छ, तर विचारलाई कार्यान्वयन गर्ने कार्यक्रम छैन,’ एक कांग्रेस नेताको मूल्यांकन छ ।

कांग्रेसको १३ औं महाधिवेशनमा आउँदा डा. शेखर कोइराला फेरि ‘मेसेन्जर’को रुपमा खुम्चिए । आफू महामन्त्री उठ्ने डा. शेखरले बताइरहेका थिए, तर  उनका भाइ डा. शशांकले बाजी मारे । रामचन्ऽ पौडेललाई संस्थापन पक्षको नेता बनाउन डा. शेखर खुलेर लागेका थिए, तर असफल भए ।

पार्टीमा भूमिकाको हिसाबले शशांकभन्दा बढी नै योगदान दिए पनि डा. शेखर १३ औं महाधिवेशनमा शशांकभन्दा पछि धकेलिएका छन् । बरु गगन थापाले आफूलाई महामन्त्रीमा उभ्याए, तर शेखरले केन्द्रीय सदस्यमै आफूलाई सीमित राखे । कोइरालाहरुले हतार गर्न नहुने उनको मत रहेको छ ।

केन्द्रीय कमिटीमा सर्वाधिक मत ल्याएर विजयी बनेका डा. शेखर अबका दिनमा मेसेन्जरकै भूमिकामा मात्रै चित्त बुझाएर बस्ने देखिँदैन ।

यसपालि महामन्त्रीका दाबेदार भनेर आफूलाई प्रस्तुत गरेका डा. शेखर अर्को महाधिवेशनमा सभापति या त महामन्त्रीमा लड्ने लगभग निश्चित भएको उनका समर्थकहरूको दाबी छ ।

कार्यकर्तालाई एक टूक

डा. शेखर कोइरालाको सकारात्मक पक्षको कुरा गर्दा उनी सुजाता र शशांकभन्दा बढी व्यवहारिक राजनीतिज्ञ जस्ता देखिन्छन् । आर्थिक मामिलामा पनि उनी तुलनात्मकरुपमा कोइराला परिवारका बेदाग नेता हुन् । आफ्ना कार्यकर्ताहरुलाई उनी आफ्नै स्व-आर्जनमा टिकेर राजनीतिमा लाग्न सल्लाह दिन्छन् ।

राजनीति र व्यक्तिगत जिविकोपार्जनबारे उदाहरण दिँदै सांसद डा. कोइरालाले अनलाइनखबरसँग भने- ‘रिपोर्टर्स क्लब कसरी चलाउने र आफ्नो घर खर्च कसरी धान्ने भन्नेबारे ऋषि धमलाले बेग्लाबेग्लै ढंगले सोच्नुपर्छ । त्यस्तै कांग्रेसका कार्यकर्ताले पनि सोच्नुपर्छ । राजनीतिलाई आफ्नो व्यक्तिगत कमाई खाने भाँडो बनाउनुहुँदैन ।’

अनलाइनखबर अंग्रेजी संस्करणबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?