८ वैशाख, काठमाडौं । राप्रपा नेपालले स्थानीय विकास सहायक मन्त्रीमा रेशम लामालाई सिफारिस गरेको छ । लामालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेर सपथ गराउन भने बाँकी छ ।
मन्त्रीमा सिफारिस हुँदा लामा काठमाडौं बाहिर थिए । उनी काठमाडौं फर्किएपछि सपथ हुने बताइएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अमेरिका उड्नुअघि लामालाई सहायक मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । सहायक प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सिफारिस भएको छ, सपथ हुन बाँकी छ ।’
राप्रपा नेपालले हालैमात्र स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई फिर्ता बोलाएको थियो । विष्टको ठाउँमा लामालाई सहायक मन्त्री बनाइएको हो ।
राप्रपा नेपालका समानपातिक सांसद रहेका लामा पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4