१२ वैशाख, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–९ स्थित सडकखण्डमा गएराति नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको छर्रापट्टी–१९ निवासी ५० वर्षीय राजेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
राति १२ बजेतिर उक्त स्थानमा हिँड्दै गरेका साहलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4