१३ वैशाख, काठमाडौं । वैदेशिक रोजगारको लागि मलेसिया पुगेर अलपत्र परेकी रसुवा धैबुङ की यशोदा देवकोटालाई प्रहरीले उद्धार गरेको छ ।
७१ साल साउन ४ गते रोजगारको लागि मलेसिया पुगेकी यशोदालाई अमानविय व्यवहार गर्ने समयमा तलब नदिने, घरपरिवारसँग सम्पर्क गर्न पनि नदिने गरेको भन्दै श्रीमानले नेपाल प्रहरीको अपराध महाशाखामा उजुरी गरेका थिए ।
श्रीमतीको जीवन रक्षा गरिपाउँ भन्दै यशोधाकी श्रीमानले दिएको उजुरीको आधारमा मलेसियास्थित नेपाल दूतावाससँगको समन्वयमा उनको उद्धार गरिएको अपराध महाशाखाले जनाएको छ ।
महाशाखाको पहलपछि शनिबार यशोदा नेपाल आइपुगेकी हुन् । उनलाई वैदेशिक रोजगारमा पठाउनेको बारेमा पनि अनुसन्धान भैरहेको महाशाखाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4