+
+

भारतमा घर मालिकको सम्पत्ति चोरेर भाग्ने नेपाली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते १२:२२

nepali-chor१५ वैशाख, काठमाडौं । भारतमा घर मालिकको सम्पत्ति लुटेर भागेका नेपाली भान्छे पक्राउ परेका छन् ।

शंकरलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । उनलाई नेपाल प्रहरीले नै पक्राउ गरेको हो ।

शकर भारतको गुरगाउँमा अमित रानाको घरमा भान्छेका रुपमा कार्यरत थिए । अप्रिल २ मा घरमा भएको गरहना, बहुमूल्य वस्तु चोरेर उनी भागेका थिए ।

घरबाट भाग्ने क्रममा उनले मालिकको करोडौं पर्ने जागुअर कार प्रयोग गरेका थिए । तर, उनले कार भने घर नजिकै छाडेका थिए ।

उनलाई पक्राउ गर्न रानाले नेपाल प्रहरीलाई आग्रह गरेका थिए भने निजी सुरक्षा एजेन्सी पनि प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?